थप १३ सय २५ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 04:23:37 PM मा प्रकाशित

laxmi  sunrise bank

आईतबार थप १३ सय २५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी कुल १३ सय २५  जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमित हुनेको संख्या ६४ हजार १२२ जना पुगेको छ । 

मन्त्रालयका अनुसार हालसम्म ४६ हजार २३३ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै ९ सय ६६ जना कोरोना जितेर घर फर्किएका छन् । हाल १७ हजार ४७८ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ४ सय ११ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved