भारतीय मिडियाले लेखे: फेरी एक पटक झुक्यो नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2020 | 07:14:21 PM मा प्रकाशित

laxmi  sunrise bank

लिम्पियाधुरासहितको नक्सा अनुसारको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा रोक लगाएको समाचार बाहिरीएपछि प्रधानमन्त्री केपी शर्मा ओली फेरी एकपटक भारतीय मिडियामा छाएका छन्। 

पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक सन्दर्भ पुस्तक वितरण तथा थप पुस्तक छपाई नगर्नलाई दिएको निर्देशनलाई भारतीय मिडियाले भारतसामु प्रधानमन्त्री ओलीको हार भएको टिप्पणी गरेका छन्। नयाँ नक्सा सहितको पुस्तक वितरणमा रोक लगाएकाले प्रधानमन्त्री ओली भारतसामु फेरी एक पटक झुकेको उनीहरुको टिप्पणी छ।  

भारतीय मिडियाहरुले कानुन मन्त्री शिव मायाको भनाई उद्र्त गर्दै यस पुस्तकमा धेरै गल्तिहरु र अनुचित सामग्री भएका कारणले वितरणमा रोक लगाइएको जनाएका छन्।  

नाबी, कुटी, गुञ्जी लगायत लिम्पियाधुरा क्षेत्र समेटेर छापिएको पुस्तकमा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१।२८ वर्ग किलोमिटर उल्लेख गरीएपछि प्रधानमन्त्री ओलीले उक्त पुस्तक वितरणमा रोक लगाएको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ। नयाँ नक्सा समेट्नु अघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किमि थियो। 

५ जेठमा मन्त्रीपरिषद् बैठकले लिम्पियाधुरा सहित भारतद्वारा अतिक्रमित भूभाग समेटेर नक्सा प्रकाशन गरेको हो। मन्त्रिपरिषद्को निर्णयपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालबाट ७ जेठमा नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक भएको थियो। ३१ जेठमा संघीय संसदबाट दुई तिहाई भन्दा बढी मतले नक्सा पारित भएपछि नेपालको नक्सामा, निशान छाप र सरकारी लोगोमा लिम्पियाधुरा सहित राखिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved