आर्थिक प्रलोभन इन्कार गरेका ट्राफिक प्रहरी सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2020 | 07:20:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सवारी नियम उल्लङ्घन गर्ने चालकरसह(चालकले आर्थिक प्रलोभन देखाउँदा ईन्कार गर्ने १७ जना ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखामा एक कार्यक्रम गरी ती ट्राफिक प्रहरीलाई एसएसपी भिम ढकालले टीका, दोशल्ला र प्रशंसा पत्र दिएर सम्मान गरेका हुन् ।

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शुन्य सहनशीलतालाई अक्षरसस् पालना गरी सवारी नियम उल्लङ्घन गर्ने चालकरसह(चालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी ईन्कार गर्नुका साथै त्यस्तो कार्यमा संलग्न चालकरसह(चालकलाई नियमानुसार कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गर्ने ट्राफिक प्रहरीहरूलाई सम्मानित गरिएको महाशाखाका प्रमुख एसएसपी भिम ढकालले बताए । 

यसअघि पनि महाशाखाले कुनै प्रलोभनमा नपर्ने ५० जना ट्राफिक प्रहरीलाई विभिन्न मितिमा पुरस्कृत गरिसकेको छ । सेवाग्राहीसँग आर्थिक प्रलोभनमा पर्ने तथा संगठनको नीति नियम विपरित कार्य गर्ने  ७७ जना ट्राफिक प्रहरीलाई विभागीय कारवाही गरिएको र ४ जनालाई नोकरीबाटै हटाईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved