Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

बजारबाट जफत गरिएको प्याज खाद्यले बिक्री गर्ने, एक किलोको कति ?

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 23, 2020 | 10:56:25 AM मा प्रकाशित

nj

बल्खु तथा कालीमाटी तरकारी बजारबाट जफत गरिएको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्ने भएको छ । गत असोज १ गते बजार अनुगमनका क्रममा तरकारी बजारका व्यापारीले लुकाएर राखेको भेटेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दुई पसललाई शिलबन्दी गरेको थियो । पसल शिल गरेर जफत गरिएको प्याज बिक्रि गर्न लागिएको हो ।

लामो समयसम्म प्याज राख्दा बिग्रने सम्भावना भएको भन्दै मंगलबार साँझ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफमा खाद्य कम्पनीलाई बिक्रीको जिम्मा दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णय अनुसार खाद्यले थापाथली डिपोबाट प्याज बिक्री गर्ने छ ।

बिहान ११ बजेदेखि प्रतिकिलो ६० रुपैयाँका दरले प्याज बिक्री गरिने कम्पनीले जनाएको छ । लुकाएर राखेको करिब १२ हजार किलो प्याजसहित प्रक्राउ परेका दुई व्यापारीलाई कालोबजारी अन्तरगत मुद्धा चलाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved