घुन्सा हेलिकप्टर दुर्घटनाको १४ वर्ष पूरा, मन्त्री भट्टराईले हर्क गुरुङलाई यसरी सम्झिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2020 | 03:09:07 PM मा प्रकाशित

laxmi  sunrise bank

ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी २४ जनाको निधन भएको आज १४ वर्ष पूरा भएको छ । २०६३ असोज ७ मा श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको थियो । 

दुर्घटनामा भूगोलविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्रप्रकाश गुरुङलगायतको निधन भएको थियो ।  

संरक्षणविद्हरुको सम्झनामा बुधबार देशभरी कार्यक्रम गरिएको छ । नेपाल पर्वतारोहण संघले डा. गुरुङको स्मृति दिवसको अवसरमा आयोजना गरेका भर्चुअल बैठकमा संंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले डाक्टर गुरुङले नेपाली समाजमा पुर्याएको योगदानको सम्झना गरेका छन् । गुरुङ २०३४ सालमा पहिलो पर्यटनमन्त्री भएको स्मरण गर्दै मन्त्री भट्टराईले उनले पर्यटनको क्षेत्रको विकासका लागि पुर्याएको योगदान अतुलनीय रहेको बताए । डा. गुरुङले सन् १९६१ सालमा उत्तर दक्षिण हुने गरी ल्याएको संघीयताको अवधारणा नै अहिलेको विकसित रुप भएको मन्त्री भट्टराईको भनाई छ । 

डा गुरुङ भु्गोलविद्, योजनाविद्, मानवशास्त्री, समाजशास्त्री तथा कलाकार समेत थिए । 

त्यस्तै  बरिष्ठ पत्रकार भैरव रिसालले वातावरण पत्रकार संघको अभिभावक समेत रहेको स्मरण गर्दै डा. गृुरुङको भौतिक नभएपनि उनले गरेका कामहरु सदैव स्मरणीय रहेको बताए । विश्व बन्य जन्तु कोषका नेपाल प्रतिनिधि डाक्टर घनश्याम गुरुङले हर्क गुरुङ नेपालको भुगोलविद् तथा योजनाकार भएको बताए । 

गुरुङका १५ वटा पुस्तक, सात सय भन्दा बढी अनुसन्धानमूलक लेखहरु प्रकाशित भएका छन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved