'लोडसेडिङ्ग हुन थाल्यो' भन्‍ने केवल एक अफवाह: प्राधिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2020 | 06:25:39 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समयमा लोडसेडिङ्ग हुन थाल्यो भन्‍ने भन्ने आम जनमानसमा रहेको छ । नेपाल विद्युत प्राधिकरणले यसबारे कुनै सत्यता नरहेको जनाएको छ । 

प्राधिकरणले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै 'लोडसेडिङ्ग हुन थाल्यो' भन्‍ने केवल एक अफवाह मात्र भएको उल्लेख गरेको छ । प्रतिकुल मौसमका कारण कुनै कुनै स्थानमा विद्युतीय प्रणालीमा समस्या आउने गरेको र उक्त स्थानमा मर्मत गर्दा विद्युत आपूर्ति बन्द गरीएको प्राधिकरणले स्पष्ट पारेको छ । 

‘नियमित रुपमा गर्नु पर्ने मर्मत संभार तथा प्रणाली सुधारको कार्य गर्नु पर्दा  विद्युत आपूर्ति बिच्छेद गर्नु पर्ने भएकोले यस्तो अबस्थामा विद्युत आपूर्तिमा निर्धारित समयसम्म अवरुद्ध हुने  गर्दछ। यस्ता समस्याहरुको निराकरण तथा सुधार गर्दै नियमित विद्युत आपूर्ति गर्न प्राधिकरण प्रतिवद्ध छ।’ प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved