चन्द्रागिरि हिल्सले दशैं तिहारको अवसर पारेर विभिन्न अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैंको अवासर पारेर विभिन्न छुट र प्याकेजको घोषणा गरेको हो । अफर अन्तर्गत केबलकारमा ५० प्रतिशत छुट रहेको कम्पनीले जनाएको छ । त्यस्तै, चन्द्रागिरि हिल्स रिसोटमा ६ हजार ५ सया रुपैयाँमा एक जोडिले ब्रेकफास्ट र डिलक्स रुम प्राप्त गर्न सक्नेछन् ।
यो अफर मंसिर २० गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हलर रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।