हप्तामा २ दिन बिदा दिने प्रस्तावको अध्ययन गर्न समिति बन्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 02:16:10 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा २ दिन सार्वजनिक बिदा दिने प्रस्तावबारे अध्ययन गर्न समिति बनाएको छ । मन्त्री योगेश भट्टराईले यसअघि देखि नै हप्तामा २ दिन बिदा दिन सकिए आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै आएका थिए । मन्त्रीकै प्रस्तावमा ७ सदस्यीय अध्ययन समिति बनेको हो ।

मन्त्री भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्च स्तरीय समूहको बैठकले हप्तामा दुई दिन विदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको हो । 

पर्यटन मन्त्रालयका सह सचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदिपकुमार कोईरालाको संयोजकत्वमा पर्यटन विभागकमा प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको छ । समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरुलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार गर्ने भएको हो । 

समितिको अध्ययन प्रतिवेदनका आधारमा मन्त्रालयले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने छ । समितिले २ महिना भित्र अध्ययन सक्नुपर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved