आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३ घण्टा बत्ती जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2020 | 12:06:06 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । थिमि डिष्ट्रिबुसन अन्तर्गत बालकुमारी फिडर मर्मत गर्नुपर्ने भएकाले दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्धुत प्राधिकरणले जनाएको छ । 

उक्त फिडर अन्तर्गत पाटिविहार, बप्पा महदेव, मध्येपुर हस्पिटल, नयबस्ती, राम मन्दिर, ददिकोट, गाम्चा , शिरुटार, चित्रपुर, बिरुवा, गुन्डु, घ्याम्पे डाँडा, बलकोट लगायतका क्षेत्रमा आपूर्ति बन्द हुनेछ । निर्धारित समय अगावै मर्मत सम्पन्न भएमा समय अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved