पर्यटन मन्त्रालयको ट्रेड युनियनमा राई, संगठनमा श्रेष्ठ

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 25, 2020 | 01:49:35 PM मा प्रकाशित

nj

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको अध्यक्षतामा हरिकाजी राई मनोनित भएका छन् । मन्त्रालयको निजामती कर्मचारी संगठनको विभागीय कार्य समितिको आज बसेको बैठकले राईलाई मनोनित गरेको हो । सहसचिवमा वसन्ती वस्न्यात, सदस्यहरुमा जुजुभाई महर्जन, रामकृष्ण महर्जन, र विष्णु प्रसाद अधिकारी मनोनित भएका छन् । 

त्यस्तै नेपाल निजामती कर्मचारी संगठनको विभागीय कार्य समितिले पूर्णता पाएको छ । मन्त्रालयका नायव सुब्वा अर्जुन श्रेष्ठको अध्यक्षतामा संगठन विभागले पूर्णता पाएको हो । समितिको उपाध्यक्षमा पुरुषोत्तम थापा, महिला उपाध्यक्षमा नर्वदा श्रेष्ठ, सचिवमा सञ्जय नेपाल, सहसचिव रोशनी कार्की र कोषाध्यक्ष विन्दू घिमिरे चयन भएका छन् । सदस्यहरुमा गीता पराजुली, करुणा नकर्मी, अरुणा पाण्डे, रामचन्द्र श्रेष्ठ, मदन विमली, अर्जुन भट्टराई, कल्पना पराजुली, राम कृष्ण महर्जन ,रचना प्रधान, गोविन्द न्यौपाने, सुभाषकृष्ण डंगोल र निना राई रहेका छन् । त्यस्तै केन्द्रिय प्रतिनिधि महिलामा बसन्ती बस्न्यात, अन्य प्रतिनिधिमा कमलराज श्रेष्ठ र मिठाराम पुडासैनी छनौट भएका छन् ।

आधिकारिक ट्रेड युनियनका उपाध्ययक्ष नेपाल राष्ट्रिय कर्मचारी संगठनले मनोनयन गर्नेछ भने नेपाल निजामति कर्मचारी युनियन संघले सचिव लगायतका पदमा यस अघि नै मनोनित गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved