शुक्रबार काठमाडौँ उपत्यकामा ६४५ संक्रमित थपिए

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 25, 2020 | 04:30:21 PM मा प्रकाशित

nj

शुक्रबार काठमाडौँ उपत्यकाका ६४५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ५०३, ललितपुरका ९१ र भक्तपुरमा ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससंगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १९ हजार ९३६ पुगको छ। 

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै छ । हिजो मात्रै उपत्यकाका ७५५ जनामा कोरोना देखिएको थियो ।

मन्त्रालयका अनुसार आज देशभर थप १३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ४५९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved