नेटवर्किङ व्यवसायमा संलग्नलाई पक्राउ गर्न सिआईबीलाई पत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 01:38:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय गैरकानूनी रुपमा सञ्चालन भईरहेको पाईएको छ । काठमाडौँ उपत्यकासहित तराईका जिल्लामा नेटवर्किङ व्यवसाय सञ्चालन गरेर उपभोक्तालाई ठगी गरिएको गुनासोका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सँग सहयोग लिएर कारबाही गर्ने भएको हो ।

उपभोक्ताबाट आएको गुनासो र केही समयअघि ललितपुरको जावलाखेलबाट पक्राउ परेका व्यक्तिलाई आधार बनाएर विभागले नेटवर्किङमा संलग्नहरुको खोजी गर्न सिआइबीसँग सहयोग मागेको छ । विभागले पत्र पठाउँदै प्रारम्भिक अनुसन्धानका आधारमा २१ कम्पनी ५० भन्दा बढी संलग्नको खाजी गर्न सहयोग माग गरेको हो । 

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी नेटवर्किङमा संग्लनको खोजी गरी पक्राउ गर्न सिआईबीको सहयोग माग गरिएको बताउँछन् । विदेशमा रहेका नेपालीलाई समेत ठगी गरेको पाईएपछि सिआईबीको सहयोग माग गरिएको उनको भनाई छ । 

यसैगरी विभागले कम्पनी रजिष्ट्रारको कार्यालयमा पत्र पठाउँदै अनुमान गरिएका २१ उद्योग र उद्योगका सञ्चालकको नामवली पठाउन पत्र पठाएको जनाईएको छ । 

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन–२०७४ तथा नियमावली–२०७६ ले पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय गर्न नपाइने व्यवस्था गरेको छ । ऐनमा नै व्यवस्था नगरिएको सञ्जालयुक्त व्यवसाय सञ्चालन गरेको पाईएपछि विभागले कारबाहीका लागि सिआईबीसँग सहयोग मागेको हो । 

विभाग अन्तर्गतको वैदेशिक व्यापार नियमन शाखाका निर्देशक शिवराज सेढाईं सबैभन्दा धेरै गुनासो भारतीय कम्पनीबाट आएको बताउँछन् ।

‘हामीलाई आएको गुनासो अनुसार हामीले प्रारम्भिक अध्ययन एवं अनुसन्धान गरेका थियौँ, अनुसन्धानबाट व्यवसाय सञ्चालन भएको पाएपछि व्यक्तिको नामावलीसहित सिआईबीमा प्रक्राउ गर्न अनुरोध गरिएको हो’ उनले भने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved