तेजाब हान्नेलाई २० वर्ष कैद सजाय हुनेसहित ३ अध्यादेश राष्ट्रपतिद्वारा जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 02:43:59 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन अध्यादेश जारी गरेकी छन् । राष्ट्रपतिले सोमबार तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन् ।

सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशमा तेजाब बिक्री वितरणमा अनुमति लिनुपर्ने प्रावधान राखेको छ । फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशमा तेजाब आक्रमण गर्नेलाई २० वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved