पाई सहितका ५ डिजिटल करेन्सीका व्यक्तिलाई पक्राउ गर्न सीआईबिलाई पत्राचार

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Sep 28, 2020 | 03:20:00 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग मन्त्रालयले पाई लगायतका डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ। मन्त्रालय अन्तर्गतको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​ले केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गर्दै उनीहरुलाई पक्राउ गरी विभागमा पेश गरिदिन आग्रह गरेको हो ।

विभागले उनीहरुले गैरकानुनी रुपमा रहेको नेटवर्किङ शैलीमा कार्य गरेको र देश तथा विदेशमा रहेका नेपालीहरुलाई ठगी गर्ने कार्य समेत गरेको भन्दै विभागले यस विषयमा थप छानविन गर्न उनीहरुलाई पक्राउ गर्न आग्रह गरेको हो ।

विभागले उनीहरुमाथि अहिले पनि जाँचबुझ, अनुसन्धान र छानविन भईरहेको र थप छानविन गर्नु पर्ने जनाएको छ । विभागले कम्पनीका जिम्मेवार व्यक्तिलाई पक्राउ गरी विभागमा उपस्थित गराईदिन सीआईबिलाई आग्रह गरेको हो । विभागले उनीहरुको नाम र फोन नम्बर सहित सीआईबिलाई पत्राचार गरेको हो ।

विभागले पठाएको पत्रमा वान कोइन नामको डिजिटल करेन्सीका गोबिन्द श्रेष्ठ, अशोक न्यौपाने र रत्न काजि श्रेष्ठ, एक्सेल टोकनका ज्ञानेन्द्र खड्का र कृष्ण कुमार महर्जन, क्यास कोइनका विजय शाह र दिनेश शाह, पाईनेटवर्कमा आवद्द परमानन्द श्रेष्ठलाई पक्राउ गरी विभागमा पेश गर्न आग्रह गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved