थप १५ सय १३ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2020 | 04:24:09 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार थप १५ सय १३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी कुल १५  सय १३ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ । 

मन्त्रालयका अनुसार हालसम्म ५५ हजार ३७१ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै ७ सय ३१ जना कोरोना जितेर घर फर्किएका छन् । हाल २० हजार ३९६ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ४ सय ९१ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved