थप १५ सय ५९ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 04:23:52 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार थप १५ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी कुल १५ सय ५९ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ । 

मन्त्रालयका अनुसार हालसम्म ५६ हजार ४२८ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै १ हजार ५७ जना कोरोना जितेर घर फर्किएका छन् । हाल २० हजार ८९१ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ४ सय ९८ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved