काठमाडौँ उपत्यकामा थप ९०२ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 04:26:29 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार काठमाडौँ उपत्यकाका थप ९०२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौँका ६९७, ललितपुरका ११२ र भक्तपुरमा ९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससंगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २४ हजार १२२ पुगको छ। 

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै छ । हिजो मात्रै उपत्यकाका ९३४ जनामा कोरोना देखिएको थियो ।

मन्त्रालयका अनुसार आज देशभर थप १५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ४९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved