Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

वामदेव गौतमको मुद्दा हेर्दाहेर्दैमा, अर्को बहस कहिले ?

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 30, 2020 | 05:27:28 PM मा प्रकाशित

nj

नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित भएपछि उनी विरुद्ध परेको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले हेर्दा हेर्दैमा राखेको छ । वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिप्रसाद उप्रेती, निवेदक दिनेश त्रिपाठी र अधिवक्ता पंकज कर्णले बहस गरेका थिए । 

सरकारी वकिलका तर्फबाट बहस गर्न महान्यायाधिवक्ता अग्नि खरेल आफैंसहित चार जना सहभागी थिए । गौतम र विपक्षीहरुका तर्फबाट वरिष्ठ अधिवक्ता प्रा.डा. युवराज संग्रौला, राघवलाल वैद्य, प्रेमबहादुर खड्का, चन्द्रकान्त ज्ञवाली, कुमार शर्मा आचार्य, शेरबहादुर केसी, बाबुराम दाहाल, सुरेन्द्र थापामगर, रुद्र नेपाल सहितको सूची थियो । 

आज समयअभावका कारण मुद्दा हेर्दाहेर्दैमा राखिएको बताईएको छ । अब गौतमको मुद्दामा शुक्रबार पुनः इजलास बस्नेछ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतम संसद सदस्य बन्न अयोग्य रहेको दाबी गर्दै रिट दायर गरेका थिए । सो रिटमाथि असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमले संसद सदस्य भन्दा माथिको पद लिन नपाउने अन्तरिम आदेश जारी गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved