अब काठमाडौँदेखि धुलिखेलसम्म सुन्दर यातायातको विद्युतीय बस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 07:17:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालकै पहिलो बिजुली बस कम्पनी  सुन्दर यातायातले काठमाडौँ देखी धुलिखेलसम्म बस संचालन गर्ने भएको छ। कम्पनीका अध्यक्ष भेष बहादुर थापाले सुन्दर यातायातले छिट्टै धुलिखेलमा विद्युतीय चार्जिंग स्टेसन निर्माण गर्ने र बस नियमित संचालन गर्ने बताएका हुन् ।   

  बिजुली बसको शुभारम्भ भएको अवसरमा  पहिलोपटक काठमाडौँ उपत्यका बाहिर बस संचलान गर्न बुधबार सुन्दर यातायातका अध्यक्ष सहितको टोलीले काठमाडौँ देखि धुलिखेल सम्मको परिक्षण यात्रा गरेको हो।  

काठमाडौँ देखि धुलिखेलसम्म बस पुग्दा धुलिखेलका मेयर अशोक बेञ्जुले स्वागत गरेका थिए ।  नेपालकै पहिलो बिजुली बस आफ्नो नगरपालिकामा आउँदा आफु निकै उत्साहित भएको भन्दै निकट भविष्यमा नै सुन्दरको भरपर्दो र सुरक्षित यात्रा धुलिखेल बासीले गर्न पाउनेमा आफु आशावादी भएको मेयर  बेञ्जुले  बताए।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved