राजदूत बनाउने बचन दिएर राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 01:55:53 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मुख्य सचिव रहेका लोकदर्शन रेग्मीलाई फकाएर राजीनामा गराएको खुलेको छ । आगामी कात्तिक १ गते कार्यकाल सकिने मुख्य सचिव रेग्मीलाई प्रधानमन्त्री कार्यालयबाटै राजीनामा गराएको पाईएको हो । राजीनामा दिएवापत उनले उपहार स्वरुप बेलायतको लागी नेपाली राजदूत पद पाउने पक्का भईसकेको छ । यसका लागि उनको नाम सिफारिस भईसकेको छ । अब संसदीय सुनुवाई भएपछि उनी राजदूत बनेर बेलायत जानेछन् ।

राजदूत बनाउने बचन दिएर राजीनामा

लोकदर्शन रेग्मीको कार्यकाल कार्तिक १ सम्म थियो । तर उनी पछि मुख्य सचिवको दौडमा ३ जना थिए । परराष्ट्र सचिव शंकरदास वैरागी, पर्यटन सचिव केदारबहादुर अधिकारी र सार्वजनिक खरिद अनुगमनको कार्यालयका सचिव मोहनकृष्ण सापकोटा एउटै ब्याजी हुन् । मुख्य सचिव पनि उनीहरु तीन जनामध्ये बाटै हुने थिए । तर यसका लागि लोदर्शन रेग्मीले असोज २१ गतेसम्म राजीनामा दिनुपथ्र्यो । अन्यथा, असोज २२ गते उनीहरु तीनै जनाले अनिवार्य अवकाश पाउँदै थिए ।

उनीहरु तीन मध्ये एक जनालाई मुख्य सचिव बनाउन रेग्मीले असोज २१ अगाडी नै राजीनामा दिनुपर्ने थियो । उनलाई असोज २१ अगाडी नै राजीनामा गराउन प्रधानमन्त्री कार्यालयले अनेकौ लोभ देखाएको थियो । पहिलो पटक परराष्ट्र जानकारलाई मुख्य सचिव बनाउन रेग्मीलाई बेलायतको राजदूत बनाउने पक्का गरेर राजीनामा गराईएको स्रोतले बताएको छ ।

‘रेग्मीले कार्तिक १ गतेसम्म राजीनामा नदिएको भए शंकरदास वैरागी, केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटा कोही पनि मुख्य सचिव बन्ने थिएनन्’ स्रोतले भन्यो, ‘रातारात फकाएर रेग्मीलाई राजीनामा गराएर पहिला उनलाई राजदूतमा सिफारिस गर्ने र बैरागीलाई त्यसपछि मात्रै मुख्य सचिव बनाउने भनेर सहमति भएको रहेछ ।’ 

सरकारको प्रस्ताव र योजना अनुसार रेग्मीले राजीनामा दिएका कारण वैरागी मुख्यसचिव बने । त्यसपछि मुख्य सचिवको दौडमा रहेका केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटा अब असोज २२ गते अनिवार्य अवकाशमा जानेछन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved