कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय नाघ्यो, थप १९११ संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 04:30:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । बिहीबार ११ जना संक्रमितको मृत्यु भएसंगै कुल मृतकको संख्या ५०९ पुगेको हो ।

त्यस्तै बिहीबार थप १९ सय ११ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी कुल १९ सय ११ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमित हुनेको संख्या ७९ हजार ७२८ पुगेको छ । 

मन्त्रालयका अनुसार हालसम्म ५७ हजार ३८९ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै ९६१ जना कोरोना जितेर घर फर्किएका छन् । हाल २१ हजार ८३० जना उपचाररत छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved