उपत्यकामा संक्रमितको संख्या २५ हजार नाघ्यो, बिहीबार ९४३ थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 04:36:54 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार काठमाडौँ उपत्यकाका थप ९४३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौँका ८१७, ललितपुरका ६८ र भक्तपुरमा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससंगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २५ हजार ६५ पुगको छ। 

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै छ । हिजो मात्रै उपत्यकाका ९०२ जनामा कोरोना देखिएको थियो ।

मन्त्रालयका अनुसार आज देशभर थप १९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ५०९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved