काठमाडौँका पसलै पिच्छे फरक छ फलफूलको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2020 | 01:15:12 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँका तरकारी तथा फलफूल बजारमा पसल नै पिच्छे फरक÷फरक मूल्य रहेको पाईएको छ । बजारमा सस्तोमा आउने फलफूल त्यहाँका होलसेल तथा खुद्रा व्यापारी आफैँले मूल्य राख्ने गरेको पाईएको हो । आईतबार काठमाडौँ महानगरको उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनका क्रममा उक्त तथ्य फेला परेको हो । 

हाल काठमाडौँका बजारमा भारतीय स्याउको मूल्य २०० देखि २५० रुपैयाँसम्म छ । प्रति किलो १२० रुपैयाँमा कुलेश्वर फलफुल बजारमा आउँनेमा त्यहाँका व्यापारीले १८० देखि १९० रुपैयाँसम्म बेच्ने गरेको महानगरले जनाएको छ । व्यापारीले एक पटक खरिद गरेको मूल्यमा नै लामो समयसम्म बिक्री गर्दासमेत उपभोक्ताले जति भन्यो त्यतिमा खरिद गर्ने र सोध्ने काम नगरेको पाईएको छ । 

कुलेश्वरको फलफूल बजारमा मुल्य सूची अद्यावधिक नभएको, खरिद तथा बिक्री बिल जारी नभएको पाईएको छ भने एक जनाका नाममा पसल दर्ता गरेर अरुले नै चलाइरहेको पनि भेटिएको छ । १६२ सटरमा व्यापार चलेको छ । तीमध्ये केही सटर कृषि सामाग्री तथा व्यापार कम्पनी लिमिटेडका हुन् भने अन्य निजी क्षेत्रले निर्माण गरेका हुन् । 

निजी क्षेत्रबाट निर्माण भएका सटरको मासिक भाडा ५ हजारदेखि १५ हजार रुपैयाँसम्म र  कृषि सामाग्री व्यापार लिमिटेडका सटरको भाडा न्युनतम ४८ हजार देखि अधिकतम ६० हजार रुपैयाँसम्म छ । फलफुल व्यापारीको संघ, नेपाल फलफुल थोक व्यवसायी संघकाअनुसार त्यस क्षेत्रमा दैनिक करीब ५० लाख रुपैयाँ देखि ५ करोड रुपैयाँसम्मको व्यापार हुन्छ । 

महानगरको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीका अुनसार कुलेश्वर बजारका व्यापारीले फलफुलको मूल्य निर्धारण गर्ने आधार कागजमा नदेखिएपछि सुधारका लागि समितिमा अनुरोध गरिएको छ । व्यापारीहरुसँग दर्ता नविकरण, खरिदबिक्री बिल माग्दा कसैले सबैले अनेक बाहान बनाएको उनी बताउँछन् ।

फलफूल बजारमा गल्ती भएको भन्दै सुधार गर्ने प्रयास भैरहेको नेपाल फलफुल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँ बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved