अनुगमन टाेली पुगेपछि भागे कालिमाटीका माछा व्यापारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2020 | 12:28:22 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरको उपभोक्ता हित संरक्षण समितिले सोमबार बिहान कालीमाटी तरकारी बजार छेउमा रहेको माछा पसलको अनुगमन गरेको छ । अनुगमका लागि महानगरको टोली पुगेको खबर पाउँनासाथ धेरै माछा व्यापारीहरु पसल छोडेर भागेका थिए  । 

२६ माछा पसलहरु रहेको कालीमाटीमा अनुगमन टोली पुगेपछि १५ व्यापारीहरु पसल छोडेर भागेको महानगरले जनाएको छ । अनुगमन टोली बजारमा पुगेर फलफुल बजारतर्फबाट माछा पसलको अनुगमन थालेपछि मुल ढोकातर्फका १५ वटा पसलका व्यापारीले सटर तानेर भागेका थिए । 

ढोका छेउको एक माछा पसलमा सडेको माछा भेटेपछि उक्त स्थानमा महानगरको टोली रोकिदा अरु केही व्यापारीले सटरमा चाबी लगाएको तथा केहीले यतिकै छोडेर भागेको  थिए । अनुगमनका क्रममा धेरै पसलमा खरिद तथा बिक्री बिल नभएको पाईएको महानगरको पशु सेवा बिभागले जनाएको छ । खरिद बिल नहुँदा माछा कहिले ल्याईएको समेत थाहा हुन नसकेको महानगरले जनाएको छ । 

खरिद तथा बिक्री बिल नराख्ने, सडेका माछाको बिक्री गर्ने गरेर कानून नमान्ने व्यापारीलाई कारवाही गर्न समिति तयार भएको माछा बजार समितिका अध्यक्ष बीरेन्द्रकुमार यादव बताउँछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved