हातैले मेट्छन व्यापारीहरु खाद्य वस्तुको उपभोग्य मिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2020 | 08:27:10 AM मा प्रकाशित

laxmi  sunrise bank

प्याकेटमा राखेर बजारमा विक्री हुने खाद्य बस्तुको उपभोग्य अवधि लेखिएका अक्षर व्यवसायीहरुले हातैले मेट्ने गरेको भेटिएको छ । मंगलबार बिहान काठमाडौँ महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले गरेको कालीमाटी क्षेत्रमा सञ्चालित खाद्य स्टोरको अनुगमनमा यस्तो भेटिएको हो । 

एक दर्जन बढी खाद्य पसलहरुमा राखिएका अधिंकाश वस्तुहरुको उपभोग्य मिति हातले मेटेर नयाँ राखिने गरेको पाइएको समितिले जनाएको छ । कालीमाटीबाट बल्खुतर्फ लाग्दा प्रहरी चौकी नजिकै शिवज्योती पतञ्जली आयुर्वेद सेवा केन्द्रमा राखिएका दालका प्याकेट, पापड तथा जौका सातुमा राखिएको उपभोग्य मिति मेटिएको भेटिएको हो । उक्त पसलबाट ९ किलो कालो दाल, ९ किलो पापड, १० प्याकेट जौको सातु र ३१ प्योकट चिप्स बरामद गरिएको छ । 

यसैगरी शिवज्योती स्टोरमा राखिएको टमाटो ससको उपभोग्य मिति हातले मेटेको पाएपछि एक प्याक नमूना परीक्षणका लागि लिइएको छ भने १३ वट्टा बिक्रीमा रोक लगाईएको छ । 

यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्रा हित संरक्षण विभाग, काठमाडौँ जिल्ला प्रशासन र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले कंलकी, बाफल तथा कालीमाटी क्षेत्रमा घर भाडामा लिएर उपभोग्य मिति सकिएका खाद्य वस्तुहरुमा पुनः नयाँ मिति राख्दै गरेको अवस्थामा रंगेहात प्रक्राउ गरेर कारवाही गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved