पर्यटन मन्त्री भट्टराईलाई कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2020 | 07:09:55 PM मा प्रकाशित

laxmi  sunrise bank

संकृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ  । मन्त्री भट्टराईले गत सोमबार कोरोना परिक्षाण गर्दा रिपोर्ट  नेगेटीभ आएपनि आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको बताएका हुन् । 

काठमाडौँ बाहिरका केहि कार्यक्रममा सहभागी भएर हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरो महशुस भएकोले आज शनिवार पुन: परिक्षण गरेको उनले बताएका छन् ।  हालसम्म पनि हल्का ज्वरो बाहेक अरु समस्या नदेखिएको उनले बताए ।

उनले आफुसँग सम्पर्कमा आएकालाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गरेका छन्। उनले आफ्नो कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमा समेत मागेका छन् । उनले प्रश्न गर्दै भनेका छन् 'होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?'


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved