मंगलबार काठमाडौंका यी स्थानमा बत्ती जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2020 | 06:50:51 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ । विजुलिको तार अण्डरग्राउण्ड गर्ने कार्य सञ्चालन भैरहेकाले उपत्यकाका विभिन्न स्थानमा विहान ६ः३० देखि १० बजेसम्म फिडरहरू सटडाउन गर्नु परेकाले सो समयमा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार रत्नपार्क डिस्ट्रीब्युसन अन्तर्गतको टेकु, त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेशन अगाडीबाट पंचली भैरव, उद्योग वाणिन्य महासंघ, टेकुचोक बाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटनी सुपर मार्केट अगाडी सम्म, टेकु वंशीमार्ग, सुकुमबासी जाने बाटोसम्म, कालीमाटी फिडर अन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ्ग हुदैं हनुमन्त भिमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पीटल अगाडी, टंगाल, भरुङ्गखेल, क्षेत्रपाटीचोक, ढल्कोचोकसम्म, भिमसेनस्थान फिडर अन्तर्गत पर्ने अण्डरग्राउण्ड हुदैं टेकु नेशनल ट्रेडिङ्गको बाहिरपटी,काठमाण्डौं विजनेश पार्क हुदैं १२ नं। वडा कार्यालय, ब्रम्हटोल, जैसीदेवल चोक, ज्याबहाल चिकमुगल, भिमसेनस्थान, सरुगल्लीको ट्रान्सफरमरसम्म उक्त समय फिडर सटडाउनमा राखि कार्य गर्नु परेकाले विद्युत आपूर्ति बन्द हुने छ ।  

समय अगावै कार्य सम्पन्न भएमा समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जानकारी दिएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved