नेपाली बनेर भारतीय नागरिकद्वारा साँढे दुई अर्ब कर छलि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2020 | 08:27:49 AM मा प्रकाशित

laxmi  sunrise bank

एक भारतीयले नेपाली नागरिकता बनाएर झण्डै साँढे दुई अर्बको राजश्व छली गरेको पाइएको छ । राजश्व अनुसन्धान विभागका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ स्थित सोनी ज्वेलर्स तथा सोनी गोल्ड एण्ड सिल्भर प्रालिका सञ्चालक सुनिल सोनीले यसरी राजश्व छली गरेका हुन् ।

उनले सुनिल सुनारको नाममा नेपाली नागरिकता समेत लिएको भेटिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उक्त घटनामा सोनी र मतियार अमित परियारसमेत विरुद्ध सुन चाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरी राजस्व चुहावट गरेकोे मैनालीले राससलाई जानकारी दिए । उनीहरु विरुद्ध रु दुई अर्ब ३९ करोड ५५ लाख विगो असुल गरी जरिवाना र कैद सजायको मागदावी लिई आज उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दर्ता गरिएको हो ।

उनलाई विशेष सूचनाको आधारमा राजश्व अनुसन्धान कार्यालय बुटबलबाट खटिएको टोलीले असार ३० गते पक्राउ गरेको थियो । सोनीले सुन, चाँदीको अवैध आयात निर्यात तथा बिक्री कारोबार गर्ने गरेको तथा मोवाइलको माध्यमबाट विभिन्न व्यक्तिसँग कारोबार गर्ने गरेको खुलेको छ । अनुसन्धानका क्रममा उनले बैंक तथा भन्सार विन्दुबाहेक अन्य बाटोबाट सुन चाँदी चोरी पैठारी गरी अवैध रुपमा विक्री गर्ने र सो बाट प्राप्त रकमलाई नेपाली तथा विदेशी मुद्रामा परिणत गरी विभिन्न व्यक्तिलाई भुक्तानी दिने गरेको पाइएको मैनालीले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved