मन्त्रिपरिषद हेरफेर: पोखरेलबाट रक्षा खोसियो, अर्थ सहित तीन मन्त्रालयमा नयाँ अनुहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2020 | 06:03:25 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद फेरबदल तथा जिम्मेवारी हेरफेर गरेका छन्। सबैको चाँसोको रुपमा हेरिएको अर्थका साथै शहरी विकास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा नयाँ अनुहार ल्याएका छन् भने रक्षा र सञ्चार मन्त्रालयमा जिम्मेवारी हेरफेर गरिएको छ। 

प्रधानमन्त्री ओलीले अर्थमा नेकपाका महासचिव बिष्णु पौडेल, शहरी विकासमा काठमाडौं जिल्लाको ९ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित कृष्णगोपाल श्रेष्ठ तथा नेकपा केन्द्रिय सदस्य तथा २०७० सालमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निर्वाचन लडेका लीलानाथ श्रेष्ठलाई ल्याएका छन्। 

त्यस्तै प्रधानमन्त्री ओलीले रक्षा आफुले लिएर इश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् भने पार्वत गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट निकालेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयला पठाएका छन्। 

नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड विचको महिनौं दिनको वार्तालाप तथा छलफल पश्चात नयाँ मन्त्री ल्याउने र भईरहेकालाई जिम्मेवारी फेरबदल गर्ने निर्णय भएको हो। मन्त्रीपरिषदमा परेका तीन नयाँ अनुहार प्रधानमन्त्री ओली निकट मानिन्छन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved