उपप्रधानमन्त्री ईश्वर पोखरेलको मन्त्रालय खोसियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2020 | 06:24:43 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेलको मन्त्रालय खोसेका छन् । ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै पोखरेलको मन्त्रालय खोसेका हुन् । 

पोखरेलले रक्षा मन्त्रालय सम्हाल्दै आएकोमा प्रधानमन्त्रीले रक्षा मन्त्रालय आफुसँगै राख्दै पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । यद्यपि पोखरेलको उपप्रधानमन्त्री पद भने कायम नै छ । 

त्यस्तै प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी  विष्णु पौडेललाई दिएका छन् भने लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिईएको छ । शहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई  दिइएको छ । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङ सञ्चार मन्त्री बनेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved