यस्तो छ नव नियुक्त अर्थमन्त्री पौडेलको पहिलो निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2020 | 03:04:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पुगेर पौडेलले पदभार ग्रहण गरेका हुन् ।

पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले विश्व बैंकबाट २० करोड अमेरिकी डलर ऋण लिने निर्णयमा पहिलो हस्ताक्षर गरेका छन्। उक्त रकम कोभिड १९ को रोकथाममा प्रयोग गरिने छ । 

पौडेललाई मन्त्रालयमा सचिव र अन्य कर्मचारीहरुले स्वागत गरेका थिए । यस अघि यो मन्त्रालय डा. युवराज खतिवडाले सम्हालेका थिए । खतिवडाको राजिनामापछि प्रधानमन्त्री आफैले मन्त्रालय हेर्दै आएकोमा बुधबारबाट पौडेललाई जिम्मेवारी दिएका हुन् । 

पौडेल दोस्रो पटक अर्थमन्त्री बनेका हुन्  । केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि पौडेल अर्थमन्त्री भएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved