काठमाडौँ उपत्यकामा १९३४ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2020 | 04:27:48 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार काठमाडौँ उपत्यकाका थप १ हजार ९३४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौँका १६ सय ९२, भक्तपुरका १३४, र ललितपुरका १०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकोछ ।

यससंगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या ४९ हजार ५३५  पुगेको छ । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै छ । यसअघि हिजो मात्र उपत्यकाका १ हजार ४०३ जनामा कोरोना पुष्टि भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप  १९ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६ सय ९४ पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved