नक्कली प्रहरी बनेर पैसा असुल्ने रामेछापका खड्का रंगेहात पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2020 | 12:05:24 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीको सञ्चार सेटजस्तो देखिने वाकीटकी बोकेर रातको समयमा व्यवसायीहरुसँग पैसा उठाउँदै हिड्ने रामेछापका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रात्रीकालिन व्यवसाय चलाउँदै आएका व्यवसायीलाई आफू प्रहरी हुँ भन्दै धम्क्याउँदै विगत २ वर्षदेखि पैसा उठाउने काम गर्दै आएका रामेछाप खाँडादेवी गाउँपालिका–६ घर भइ बानियाँटर बस्ने गोबिन्द खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाका अनुसार पैसा उठाउँदै गरेको अवस्थामा टोखा नगरपालिकाको बालियाँटारबाटै पक्राउ गरिएको हो । २८ वर्षीया खड्का हार्डवेर सामान डलिभरी गर्ने काम पनि गर्दै आएका छन् । 

उनको साथबाट प्रहरीले सञ्चार सेट एक थान, प्रहरीसहित अन्य सुरक्षा निकायले लगाउने युनिफर्म, बुट, मतदाता परिचयपत्र, सिठी, ४ वटा मोटरसाइकल बरामद गरेको छ । हिमाल आरोहीका नेपाली सहयोगीले बोकेका वाकीटकी खड्काले २ वर्षदेखि हात पारेर दुरुपयोग गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved