विगतको अक्षमताका कारण मैले गालि खाँदैछुः मन्त्री भुसाल

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Oct 16, 2020 | 05:41:43 PM मा प्रकाशित

nj

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कृषि विज्ञहरु असाध्यै प्राविधिक भएको बताएका छन् । ४० औं विश्व खाद्य दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री भुसालले आफू मन्त्री भएपछि सल्लाह लिन अहिलेसम्म ८ सयभन्दा बढी व्यक्ति तथा विज्ञसँग भेट गरेको स्मरण गर्दै अधिकांश कृषि विज्ञको सोचाइ प्राविधिक भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘माटो विज्ञ माटोमा केन्द्रित भएको छ, किट विज्ञ त्यसैभित्र हराएका छन्’ मन्त्री भुसालले भने, ‘यसरी कृषि क्षेत्रको विकास हुन सक्दैन, कृषि क्षेत्रको विकासका लागि समग्र कृषिको नेता हुने गरी सोच्नुपर्छ ।’ 

कृृषि क्षेत्रको विकासका लागि एक वडा एकजना कृषि प्राविधिकको व्यवस्था अनिवार्य शर्त भएको बताउँदै उनले उत्पादनमा मात्र नभई वितरणमा पनि ध्यान दिईनुपर्ने बताए । 

उनले विगतमा मन्त्री भएकाहरुको असफलता र अक्षमताका कारण अहिले आफूले गालि खानु परिरहेको गुनासो पनि गरेका छन् । आलोचना र गालिहरुबाट आफू पछि नहट्ने उनको दाबी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved