काठमाडौँ उपत्यकामा थप १७ सय ४६ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2020 | 04:32:29 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिवार काठमाडौँ उपत्यकामा थप १७ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ । यस संगै उपत्यकामा कुल संक्रमितको संख्या ५३ हजार ६ सय ८३ पुगेको हो ।

पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौँका १४ सय ५१ , भक्तपुरका १४३ , र ललितपुरका १५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकोछ ।  पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै छ । 

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ भने १८ सय जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा देशभर कोरोनाको कारण १२ जनाको मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved