सोमबार थप ३७९० जनामा कोरोना पुष्टि, २३३५ डिस्चार्ज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 04:25:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार थप ३ हजार ७ सय ९० जनामा कोरोना पुष्टि भएको छ । यससंगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

पछिल्लो समयमा देशभर संक्रमितको संख्या बढ्दै गएको छ । यसअघि हिजै मात्र देशभर २ हजार ९ सय ४२ जनामा कोरोना पुष्टि भएको थियो । 

मन्त्रालयका अनुसार हालसम्म ९४ हजार ५०१  जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै २३ सय ३५  जना कोरोना जितेर घर फर्किएका छन् । हाल ४० हजार ७ सय ७८ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७ सय ५७ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved