बास्कोटा बिरुद्दको ७० करोड टेप प्रकरणमा अख्तियारले बुझायो यस्तो प्रतिवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 02:18:48 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसदको सार्वजनिक लेखा समितिमा सेक्युरिटी प्रेस खरिदका विषयमा हालसम्म भएका प्रगति प्रतिवेदन पेश गरेको छ । समितिले सेक्युरिटी प्रेस खरिदमा ७० करोड घुस रकम लेनदेन भएको विषय प्रमाणित हुन नसकेको प्रतिवेदन पेश गरेको हो ।  

तत्कालिन सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटामाथि लगाईएको आरोप प्रमाणित हुन नसकेको अख्तियारले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको समितिले जनाएको छ।  लेखा समिति स्रोतका अनुसार टेप प्रकरणमा घुस दिनेभन्ने मुख्य व्यक्ति विजयप्रकाश मिश्र सम्पर्कमा नआउँदा आवश्यक प्रमाण जुटाउन नसकिएको हो। घुसको डिल गरेकोबारे विक्रम पौडेल र बाँस्कोटासँग बयान लिइएको र मिश्रलाई सम्पर्कमा आउन पटक–पटक ताकेता गरी सार्वजनिक सूचनासमेत जारी गर्दा समेत नआएको जनाईएको छ । 

उक्त प्रकरणमा मिश्रले दिएको अडियो र भिडियो पूर्ण रुपमा प्राप्त नभएको र प्राप्त भएको टेप सक्कल तथा नक्कली को विषय अनुसन्धानकै क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रेस खरिदका विषयमा भएको कुराकानीको टेप सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा विवादीत बनेका थिए । ७० करोडको बार्गेनिङ गरेको टेप सार्वजनिक भएपछि लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टा छुट्टै रुपमा अनुसन्धान गर्दै आएका थिए । अख्तियारले मन्त्रालयबाट खरिदका विषयमा सबै कागजपत्र झिकाएर अध्ययन गरिरहेको जनाईएको छ । सम्पर्कमा नभएका मिश्र अख्तियारमा उपस्थित भएपछि थप अनुसन्धान अघि बढाईने जनाईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved