मंगलबार ३०९३ जनामा कोरोना पुष्टि, २१०८ डिस्चार्ज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 04:40:25 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार थप ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको छ । यससंगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।

पछिल्लो समयमा देशभर संक्रमितको संख्या बढ्दै गएको छ । यसअघि हिजै मात्र देशभर ३ हजार ७ सय ९० जनामा कोरोना पुष्टि भएको थियो । 

मन्त्रालयका अनुसार हालसम्म ९६ हजार ६०९  जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै २१ सय ८ जना कोरोना जितेर घर फर्किएका छन् । हाल ४१ हजार ७ सय ५५ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७ सय ६५ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved