पेट्रोलमा डिजेल मिसावट गर्ने पेट्रोल पम्प सिल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 11:54:26 AM मा प्रकाशित

laxmi  sunrise bank

पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा मिसावट गरेको पाएपछि शङ्कर आयल स्टोर्सलाई बन्द गरिएको हो । डिजेल मिसावटले मोटरसाइकलको इञ्जिनमा खराबी आएपछि स्थानीय उपभोक्ताले प्रशासनमा उजुरी दिएका थिए । 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीशम्शेर राणा नेतृत्वको अनुगमन टोलीले मङ्गलबार पेट्रोलको नमूना सङ्कलन गरेको थियो । सङ्कलित नमूना नेपाल आयल निगमको काठमाडौंस्थित प्रयोगशालामा पठाउन निगमको प्रदेश कार्यालय सुर्खेतको जिम्मा लगाइएको छ । प्रशासकीय अधिकृत राणाले अर्को आदेश नहुञ्जेलका लागि उक्त आयल स्टोर्स बन्द गरिएको जानकारी दिए । 

अनुगमन टोलीसमक्ष पम्प सञ्चालक डम्मर महताराले डिजल ट्यांकरबाट तेल खन्याउँदा डिजेलको टंकीमा राख्नुपर्नेमा भुलवश पेट्रोलको टंकीमा मिसिन पुगेको बताए । मिसावटयुक्त पेट्रोल नबेच्न आफ्ना कर्मचारीलाई निर्देशन दिइए पनि नयाँ कर्मचारीले  केही उपभोक्तालाई पेट्रोल बेचेको उनको भनाइ छ । बिक्रेताले इन्धनमा मिसावट गरेको रिपोर्ट प्रमाणित भएमा पहिलो पटकका हकमा रु एक लाख जरिवानासहित एक महिनासम्म पेट्रोल पम्प बन्द गरिने कानूनी प्रावधान छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved