फ्रान्सेली कम्पनीले पायो इ-पासपोर्ट छपाईको जिम्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 02:38:50 PM मा प्रकाशित

laxmi  sunrise bank

लामो समयदेखि रोकिएको इ–पासपोर्ट छपाईको टुङ्गो लागेको छ । राहदानी विभागले विद्युतीय राहादानी (इ–पासपोर्ट) छपाइको लागि तेस्रो पटक आह्वान गरेको अन्तराष्ट्रिय टेन्डर मार्फत फान्सेली कम्पनीले जिम्मा पाएको हो । 

दुई पटक सम्म टेन्डर आह्वान गर्दा प्रक्रिया नपुगेको भन्दै स्थगीत भएको छपाईको जिम्मा फान्सेली कम्पनी आइडिइएमआइए आइडेन्टी एन्ड सेक्युरेटी फ्रान्स (एसएएस) लाई दिने निर्णय भएको छ । छुटसहित २ करोड ११ लाख डलरमा २० थान इ–पासपोर्ट छपाईका लागि विभागले बुधबार लेटर अफ इन्टेन्ड जारी गरेर एसएएसलाईलाई  छपाइको जिम्मा दिएको हो । 

विभागले पहिलो पटक २०७६ भदौमा ईपासपोर्ट छपाइका लागि ग्लोबल टेन्डरको आह्वान गरेको थियो। उक्त आह्वानमा १९ वटा कम्पनीको प्रस्ताव परेतापनि अन्तिम चरणमा रद्द गरिएको थियो । यसैगरी दोस्रो टेन्डर गत फागुन १९ गते गरेकोमा ४ कम्पनीले प्रस्ताव गरेका थिए । 

दोस्रो टेन्डरमा आवेदन दिएका कुनै पनि कम्पनीको स्पेसिफिकेसन पूरा नगरेको भन्दै टेन्डर रद्द गरिएको थियो। विभागले तेस्रो टेन्डर असोज ८ गते आह्वान गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved