अर्थमन्त्री पौडेल र अमेरिकी राजदूत बेरीबीच भेटघाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 02:45:47 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकाका राजदूत र्याण्डी बेरीबीच भेटघाट भएको छ । मन्त्री पौडेल र राजदूत बेरीबीच बुधबार अर्थ मन्त्रालयमा भेटघाट भएको हो । 

उक्त भेटमा अर्थमन्त्रीले नेपाल अमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिका सरकारले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगको लागि धन्यवाद दिए । त्यस्तै, अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय आर्थिक सहयोग, कोभिड –१९ महामारीको नियन्त्रण र सो पछिको आर्थिक पुनरुत्थानमा हुने सहयोग लगायतका विषयमा छलफल भएको जनाइएको छ । 

राजदूत बेरीले पौडेललाई पुनः अर्थमन्त्री बनेकोमा बधाई दिनुहुँदै सफल कार्यकालको शुभकामना दिए । उनले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेको उल्लेख गर्दै अमेरिका सरकारले आगामी दिनमा नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved