बुधबार हालसम्मकै धेरै ५७४३ जना संक्रमित, २६ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 04:29:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार थप ५ हजार ७ ४३  जनामा कोरोना पुष्टि भएको छ । यससंगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

पछिल्लो समयमा देशभर संक्रमितको संख्या बढ्दै गएको छ । यसअघि हिजै मात्र देशभर ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको थियो । 

मन्त्रालयका अनुसार हालसम्म ९९ हजार ६०५ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै २९ सय ९६ जना कोरोना जितेर घर फर्किएका छन् । हाल ४४ हजार ४७६ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७ सय ९१ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved