कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय नाघ्यो, बिहीबार ३६३७ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2020 | 04:27:09 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार थप ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको छ । यससंगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

पछिल्लो समयमा देशभर संक्रमितको संख्या बढ्दै गएको छ । यसअघि हिजै मात्र देशभर ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको थियो । 

मन्त्रालयका अनुसार हालसम्म १ लाख २ हजार ८२० जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै ३ हजार २१५ जना कोरोना जितेर घर फर्किएका छन् । हाल ४४ हजार ८७७ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ८ सय १२ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved