बिहीबार काठमाडौँ उपत्यकामा १५५२ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2020 | 04:33:44 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार काठमाडौँ उपत्यकाका १५ सय ५२ जनामा कोरोना संक्रमण देखिएको छ । यससंगै उपत्यकामा कुल संक्रमितको संख्या ६४ हजार १३० पुगेको हो ।

पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौँका १ हजार ८३ जना, भक्तपुरका ११२, र ललितपुरका १५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकोछ ।  पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै छ । यसअघि हिजै मात्र उपत्यकामा ३ हजार १०७ जनामा कोरोना संक्रमण देखिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved