प्रधानमन्त्रीको शुभकामना सन्देशको फोटोले सामाजिक संजालमा हंगामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2020 | 01:54:49 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गर्नेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक संजाल तात्तिएको छ। ओली नेतृत्त्वको सरकारले हालै मात्र सार्वजनिक गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ चुच्चे नक्सा को साट्टो पुरानै प्रयोग गरीएपछि सामाजिक संजालमा प्रधानमन्त्रीको आलोचना गरिएको हो। 

नक्सा पुरानै प्रयोग हुनुमा भारतीय खुफिया एजेन्सी (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीले गरेको पछिल्लो भेटको प्रभाव भनेर सामाजिक संजालमा प्रधानमन्त्री ओलीको आलोचना भएको छ। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले लिम्पियाधुरा क्षेत्र भएको नक्सा प्रयोग नगर्नुलाई त्रुटि मान्न नसकिने बताएका छन् । ट्वीटरमा उनले लेखेका छन्, 'लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननीय प्रधानमन्त्री ? गम्भीर विमती दर्ज होस् ।'

शर्माले अगाडि लेखेका छन्, 'देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन ?'

त्यस्तै नेपालका संविधानविद् भीमार्जुन आचार्यले समेत  सरकारको यो कदमको आलोचना गरेका छन्। अब अति भएको भन्दै आचार्यले ट्वीटरमा अति भयो, अब सबै जांगौं लेखेका छन्।  

शुक्रबार प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतबाट दसैंको शुभकामना सन्देश व्यक्त गरेका थिए । सन्देशमा प्रयोग गरिएको निशान छाप पुरानो रहेको  छ। 

सरकारले जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रकाशित गरेको थियो। हाल संसदबाट पारित भएको यहि नक्सा प्रयोगमा छ । तर प्रधानमन्त्री ओलीले नै संसदबाट पारित भएको नक्सा प्रयोग नगरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता र राजनीतिक दलका नेताहरूले ओलीको आलोचना गरेका हुन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved