सरकारले सकेन भन्दै वडा वडामा 'कोभिड क्याम्प' बनाउन कांग्रेस नेता श्रेष्ठको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2020 | 02:50:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपानमान श्रेष्ठले कोभिड १९ को व्यवस्थापनबाट सरकारले हात उठाएको भन्दै आफैं अगाडी सरेर काम गर्नलाई कांग्रेसका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। श्रेष्ठले स्थानीय स्तरबाटै जनतालाई सेवा दिनलाई वडा वडामा कोभिड क्याम्प खडा गर्नलाई सबै तह तप्काका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। 

कोभिड १९ को व्यवस्थापन सरकारको दायित्व हो भनेर हात बाँधेर बस्नु कांग्रेसको संस्कार नभएको स्मरण गराउँदै श्रेष्ठले कांग्रेसको कोभिड व्यवस्थापन समितिसँग समन्वय गरि काम गर्नलाई वडाका नेता तथा कार्यकर्तालाई ४ बुँदे सुझाब समेत दिएका छन्।  श्रेष्ठले वडादशैँ, दिपावली, छठ पर्व, ल्योसार तथा नेपाल संवतको शुभकामना दिने क्रममा यस्तो सुझाव दिएका हुन्।

जसमा श्रेष्ठले वडाका नेता तथा कार्यकर्तालाई वडामा रहेको बजेटलाई समेत उचित सदुपयोग गरि उचित र अति आवश्यक ठाउँमा कोभिड व्यवस्थापन क्याम्प खडा गर्नलाई सुझाव दिएका छन्। 

त्यस्तै श्रेष्ठले कांग्रेसको कोभिड व्यवस्थापन समितिले तर्जुमा गरेका योजनाहरु कार्यन्वयन गर्नका लागि नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा सम्पूर्ण शुभचिन्तकहरुलाई तन मन र धनले सहयोग गर्नलाई अनुरोध गरेका छन्। 

कोभिड १९ का कारण अवस्था जटिल बनेको र भविष्यमा झनै भयावह हुन सक्ने भन्दै श्रेष्ठले वडा स्तरबाटै जनताको सेवा गरेर कोभिडको महामारीको क्षतीलाई न्यूनीकरण गर्नलाई निर्देशन दिएका हुन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved