प्रधानमन्त्रीले किन गर्दैछन देशवासीका नाममा सम्बोधन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2020 | 03:09:10 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सम्बोधन शुक्रबार अपरान्ह ४ः २५ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुने जनाइएको छ। 

सम्बोधन प्रधानमन्त्री ओलीको आधिकारिक वेवसाइट http://kpsharmaoli.com.np/ मा पनि हेर्न सकिने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। 

दशैं तथा अन्य पर्वमा विज्ञप्ती मार्फत नै जनतालाई शुभकामना सन्देश दिने अभ्यास रहेकोमा प्रधानमन्त्रीओलीले आज सम्बोधन गर्ने विषयलाई चाँसोका साथ हेरिएको छ। 

कोरोना संक्रमितको उपचार गर्नबाट सरकारले हात झिकेको, भारतीय खुफिया एजेन्सी ९रअ० का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीले भेटेको, प्रधानमन्त्रीको शुभकामना संदेशको फोटोमा पुरानै नक्साको प्रयोग गरिएको, विपन्न, ज्येष्ठ नागरिक, अपांगता भएका, एकल महिलालगायत लक्षित ७ वर्गबाहेक अरुलाई कोरोना उपचारमा शुल्क लिने लगायतका विषयमा सरकारको चर्को आलोचना भएको छ। 

पछिल्लो समय सरकारका अन्य गतिविधिलाई समेत लिएर भएका आलोचनालाई सम्बोधन हुने गरि प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने जन अपेक्षा छ। तर दशैं लगायतका पर्वमा नेपाली जनतालाई शुभकामना दिने उदेश्यले मात्र सम्बोधन हुन लागेको र अपेक्षा गरीएअनुसार  कुनै पनि महत्त्वका बिषय सम्बोधनमा नसमेटिने स्रोतको भनाई छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved