यस पटक बालुवाटारमा दशैं टिका कार्यक्रम नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2020 | 04:54:24 PM मा प्रकाशित

laxmi  sunrise bank

यस पटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दशैंको टिका कार्यक्रम नहुने भएको छ। कोभिड १९ को कारण प्रधानमन्त्री केपी शर्मा ओेलीले यस पटकको दशैंमा टिका नलगाउने भएका छन्।  

कोभिड १९ को बढ्दो जोखिमलाई मध्यनजर गरेर यसपटकको दशैंको टिका कार्यक्रमलाई स्थगित गर्नलाई निर्देशन दिएको प्रधानमन्त्री ओलीले देशवासीको नाममा आजको सम्बोधनको क्रममा बताएका छन्। 

कोभिड १९ को जोखिम बढिरहेकाले सर्वसाधारणा तथा सबैको स्वास्थ्यलाई मध्यनजर गरेर यसपटकको दशैं टिका कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा बताए । 

त्यस्तै प्रधानमन्त्री ओलीले चाडपर्वको बेला संक्रमण फैलिन सक्न भन्दै सबैले आ आफ्नो ठाउँबाट सचेत भएर पर्व मनाउनलाई समेत सुझाव दिएका छन्। 

दशैंको दिन प्रधानमन्त्री निवासमा पुगेर शीर्ष नेता, मन्त्री,सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवक, पार्टी कार्यकर्ता तथा सर्वसाधारणले प्रधानमन्त्रीको हातबाट टिका लगाउने अभ्यास थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved