प्रधानमन्त्रीले भने, 'सक्दिनँ भन्ने स्वघोषणा गरे संक्रमितको उपचार सरकारले गरिदिन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2020 | 06:19:33 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका संक्रमितले आँफै उपचार गर्न नसकेमा सरकारले गरिदिने बताएका छन् । शुक्रबार दसैंको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उनले कोरोनाभाइरसका संक्रमितले उपचार गर्न सक्दिनँ भन्ने स्वघोषणा गरेमा सरकारले उपचार गरिदिने बताएका हुन् । 

पछिल्लो समय कोरोनाबारे विभिन्न अफवाहहरू फैलिए पनि ती सत्य नभएको भन्दै उनले आँफै उपचार गर्न नसक्ने संक्रमितको उपचार सरकारले गरिदिने बताएका हुन् । उनले भने ‘महामारीमा नागरिकको रक्षा गर्नु सरकारको निस्सर्त दायित्व हो। तपाईंहरू मतबाट निर्वाचित सरकार त्यो दायित्वबाट विमुख हुन सक्दैनरभएको छैन,’ प्रधानमन्त्री ओलीले भने,‘तपाईंहरू निश्चिन्त हुनुस् कोरोना संक्रमितको परीक्षण र उपचारको प्रबन्ध सरकारले गर्छ।’

केही दिनअघि सरकारले  स्वास्थ्यकर्मी, सफाइकर्मी र गरिब नागरिकको मात्र उपचार सरकारले गर्ने बताएको थियो। सरकारको उक्त निर्णयको चौतर्फी विरोध भएको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved