राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2020 | 06:20:43 PM मा प्रकाशित

laxmi  sunrise bank

यस वर्षको दशैंमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई लगाईदिने टिकाको कार्यक्रम स्थगित भएको छ । कोरोना भाइरस संक्रमणको दरमा बृद्धिभएको भन्दै टिकासगैँ विभिन्न शक्तिपीठमा दर्शन कार्यक्रम समेत स्थगित भएको हो । 

शुक्रबार राष्ट्रपतिको कार्यालयले सूचना प्रकाशन गर्दै दशैंको टिका र शक्तिपीठको दर्श स्थगन भएको जनाएको हो । विगतका दशैँमा उक्त परम्परा रहेकामा यस पटक विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण उक्त सबै कार्यक्रम नहुने भएको हो । 

राष्ट्रपति सगैँ प्रधानमन्त्रीले समेत दशैंको टिका र शक्तिपीठको दर्शन स्थगन गरेको छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved